२०८२ चैत्र २ गते सोमवार

बाँकेमा दूई जुवाडे पक्राउ, साढे ६० हजार नगद बरामद

दाङ, कात्तिक १५ । बाँकेमा नर्सरीमा जुवा खेली रहेका दुई पक्राउ परेका छन् । पक्राउ पर्ने एक जना छिमेकी देश भारतका नागरिक हुन ।

पक्राउ पर्नेमा जिल्लाको जानकी गाउँपालिका वडा नं। ३ का २८ बर्षीय अशोक बर्मा र छिमेकी देश भारतको बहराइज रुपैडिहाका राधे बर्मा रहेका छन् ।


आइतबार राति ९ बजेतिर जिल्लाको खजुरा गाउँपालिका वडा नं.२ ९ए० गाउँ नजिकको नर्सरीमा जुवा खेली रहेका दुई जनालाई साढे ६० हजार नगद र १८ गड्डी ताससहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।


पक्राउ परेकाहरुलाई जुवा ऐन अन्तरगत मुद्दा चलाएर आवश्यक कारबाही गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *