२०८२ चैत्र २ गते सोमवार

जाजरकोटकी १३ बर्षीया बालिका रुकुममा २६ बर्षीय पुरुषद्धारा बलात्कृत

दाङ, कात्तिक १२ । जाजरकोटकी १३ बर्षीया बालिका रूकुम पश्चिमा २६ बर्षीय पुरुषद्धारा बलात्कृत भएकी छन् ।

रूकुम पश्चिमको आठविसकोट नगरपालिका १४ गत बुधबार भलिबल खेल हेर्न पुगकी ती बालिकालाई बालिकालाई आठविसकोट नगरपालिका १४ का २६ वर्षीय झलक जैसीले बलात्कार गरेको किटानी जाहेरी परेको छ ।

जाजरकोटको नलगाड नगरपालिका १ की १३ वर्षीया ती बालिका आठबिसकोट वडा नं. १४ को बाँकेज्युलामा आयोजित भलिवल प्रतियोगिता हेर्न गएकी थिइन ।
बलात्कृत बालिकाको हाल बाँकेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

पीडित बालिकाको तर्फबाट उनका बाबुले प्रहरीमा जिसी बिरुद्ध किटानी जाहेरी दिएको प्रहरीले बताएको छ ।

जिसी फरार रहेको तथा खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

पीडित बालिका उपचारमा रहेको र आरोपित ब्यक्ति फरार रहेका कारण घटना बारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *