दाङ, कात्तिक १० । सल्यानमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन । घाइते मध्य ३ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
सल्यानको मर्मपरीकाँडाबाट बाँकेको नेपालगञ्ज तर्फ जाँदै गरेको भे १ ज ९३० नम्बर जीप बुधबार विहान ९ : २० बजेतिर कुमाख गाउँपालिका वडा नं. २ धावनखोला नजिक दुर्घटनामा पुरेको सल्यान प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले जानकारी दिए ।
घाइते मध्य कुमाख गाउँपालिका वडा नं. २ का ३६ वर्षीय बुद्धि थापा, २९ वर्षीया दुर्गा खत्री, ३२ वर्षीया लोकमाया पुन गम्भीर रहेका छन । अन्यको अवस्था सामान्ने रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको उद्धार पछि उपचारका लागि सल्लीबजार तर्फ पठाइएको र गम्भीर घाइतेहरुलाई बाँके तर्फ पठाइएको डिएसपी थापाले बताए । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । जीप सडकबाट झन्डै ६० मिटर तल खसेको छ ।
घाइतेहरु
१- लाल बहादुर बुढा – चालक:- जिल्ला सल्यान बनगार कुपिण्डे न.पा. ४ बस्ने बर्ष २४
२- पुर्ण बहादुर बुढा – गाडी साहु:- जिल्ला सल्यान कुमाख गा.पा. २ बस्ने बर्ष ३३
३- बिशाल बि.क. – कुमाख गा.पा. १ बस्ने बर्ष २९
४- ईन्द्र बहादुर चन्द – कुमाख गा.पा. १ बस्ने बर्ष ३०
५- बुध्दि थापा- कुमाख गा.पा. २ बस्ने बर्ष ३६
६- दुर्गा खत्री – कुमाख गा.पा. २ बस्ने बर्ष बर्ष २१
७- लोकमाया पुन – कुमाख गा.पा. २ बस्ने बर्ष ३२
८- पिपर बुढा- बनगार कुपिण्डे न.पा. ४ बस्ने बर्ष २९
९- दिल बहादुर चालउने- सिद्ध कमाख गा.पा. ४ बस्ने बर्ष २१
१0- दुर्गा चलाउने -सिद्ध कुमाख गा.पा. ४ बस्ने बर्ष २०
११- प्रशान्त चलाउने – सिद्ध कुमाख गा.पा. ४ बस्ने बर्ष २
१२- देब बहादुर बस्नेत – जिल्ला कैलाली लम्कीचुवा न.पा. ३ बस्ने बर्ष २८
