२०८३ जेष्ठ ३१ गते आइतवार

सल्यान जीप दुर्घटनाका घाइते १८ बर्षीय आशिष बस्नेतको दाङमा मृत्यु

दाङ, कात्तिक ७ । सल्यानमा आइतबार बिहान भएको जीप दुर्घटनाका घाइते मध्य एक जनाको दाङको तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको छ ।

दुर्घटनाका गम्भीर घाइते मध्य सल्यानको बागचौर नगरपालिका वडा नं. १ का १८ बर्षीय आशिष बस्नेतको उपचारका क्रममा दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा आइतबार बिहान १० : २५ तिर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उक्त दुर्घटनामा परि मृतक भाइ १४ बर्षीय आयुस बस्नेतसहित सोही ठाउँका २२ बर्षीय मनोज बस्नेत , बागरचौर २ का २७ बर्षीया सीता ओली, सोही ठाउँका २८ बर्षीया बबिता रावल र उनको छोरी ११ बर्षीया एसिका रेउले घाइते भएका छन् ।

घाइते मध्य बबिता रावतको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारको बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ । दुर्घटना पछि सबै घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको थियो ।

जिल्ला प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले आइतबार बिहान पौने ८ बजेतिर कपुरकोट गाउँपालिका वडा नं. ३ मुलपानी नजिक सल्यानको थारमारे बाट दाङ तर्फ आउँदै गरेको भे १ च १८९० नम्बरको डबल क्याप जीप दुर्घटनामा परेको थियो । जीप सडक बाट झन्डै एक सय मिटर तल खस्न पुगेको छ । दूर्घटनाको कारण खुली सकेको छैन । चालक फरार रहेको प्रहरीले जनाएको छ ।

योपनि पढ्नुहोस

सल्यानबाट तुलसीपुर आउँदै गरेको जीप दूर्घटना ६ जना घाइते

प्रकाशित मिति : २०७८ कार्तिक ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *