२०८३ बैशाख २ गते बुधवार

बुटवलमा एम्बुलेन्सको ठक्करबाट मोटरसाईकलमा सवार २ जनाको मृत्यु

बुटवल, कात्तिक ७ । बुटवलमा एम्बुलेन्सले मोटरसाईकलाई ठक्कर दिदा दूई जनाको मृत्यु भएको छ ।
मृतक दुबै जना मोटरसाईकलमा सवार ब्यक्तिहरु हुन ।

मोटरसाइकल चालक गुल्मी घर तिलोत्तमा नगरपालिका ३ मा बस्दै आएका २४ वर्षीय अनमोल थापा र पछाडि सवार सैनामैना ४ का ३५ वर्षीय निशान क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार गम्भीर घाइते दुबै जनाको उपचारको क्रममा राति सवा १ बजेतिर अस्पतालमा मृत्यु भएको थियो ।
दुर्घटनामा परि एम्बुलेन्स चालक गैंडहवा गाउँपालिका ६ का ३६ वर्षीय सुरेन्द्र मुराउ घाइते भएका छन् । उनको बुटवलमा उपचार भइरहेको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत पश्चिमबाट पूर्व बुटवलतर्फ जाँदै गरेको लु १ झ २८७ नम्बरको एम्बुलेन्स र बुटवलबाट पश्चिमतर्फ आउँदै गरेको लु २४ प ३९८७ नम्बरको मोटरसाइकललाई बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा एम्बुलेन्सले ठक्कर दिएको थियो । तीब्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *