२०८३ असार २७ गते शनिवार

दाङ उवासंघले नविकरणमा जरिवाना नलिने

दाङ, ५ कार्तिक । दाङ जिल्ला उद्योग वाणिज्य संघले आर्थिक वर्ष सकिएको तर नविकरण हुन नसकेका व्यवसायीहरुलाई नविकरण गर्दा लाग्ने जरिवाना छुट लाई निरन्तरता दिने भएको छ ।

संघको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए ।

कोभिडले मारमा परेका व्यवसायीहरुलाई यसरी जरिवानामा छुट दिदा थोरै भए पनि सहयोग पुग्ने संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिए ।

बैठक संघका अध्यक्ष वुढाथोकीको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : २०७८ कार्तिक ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *