
दाङ, कात्र्तिक ५ । अदालतबाट दोषी ठहर भइ करणी मुद्दामा झन्डै आठ बर्ष कैद तोकिएको एक ब्यक्ति पक्राउ परेका छन् । जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरका ३४ बर्षीय धनबहादुर वली पक्राउ परेका छन् ।
फरार प्रतिबादी खोजी गर्ने क्रममा वलीलाई नारायणपुर क्षेत्रबाटै पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिए ।
दाङ देउखुरी जिल्ला अदालतको २०६० साल ७ महिना २ गते वली बिरुद्ध जवरजस्ती करणी मुद्दामा ७ बर्ष ११ महिना ८ दिन कैदको फैसला सुनाएको थियो ।
प्रकाशित मिति : २०७८ कार्तिक ५ गते शुक्रवार