
दाङ, कात्तिक ५ । लेनदेन मुद्दामा १ बर्ष कैद फैसला भएकी एक महिला पक्राउ परेकी छन् । घोराही उपमहानगरपालिका वडा नं. १४ की ३७ बर्षीया मीना कार्की पक्राउ परेकी छन् ।
दाङ देउखुुरी जिल्ला अदालतले २०७३ साल ४ महिना २३ गते लेनदेन मुद्दामा एक बर्ष कैद फैसला सुनाएको थियो ।
फरार प्रतिबादी खोज तलास गर्ने क्रममा कार्कीलाई लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कर्यालय दाङले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७८ कार्तिक ५ गते शुक्रवार