तुलसीपुर, कार्तिक ४ । कोरोना भाइरस बिरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा तुलसीपुरमा कार्तिक ५ र ६ गते लगाइने भएको छ ।
तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीले पहिलो खोप लगाएका ब्यक्तिहरुका लागि शुक्रबारदेखि खोप लगाउन सुरु गरिने जानकारी दिएका छन् ।
यसअघि असोज ९,१० र ११ गते भेरोसेलको पहिलो खोप लगाएकाहरुका लागि दोस्रो खोप लगाउन लागिएको केसीले बताए । दोस्रो खोप तुलसीपुरका १९ वटै वडाका स्वास्थ्य संस्थामा लगाइने भएको छ ।
प्रकाशित मिति : २०७८ कार्तिक ४ गते बिहिवार
