२०८२ चैत्र २ गते सोमवार

नेपालमा बुधबार बाढी पहिरोबाट ५० जनाको मृत्यु

काठमाडौं, कात्तिक ३ । कार्तिक महिनामा आएको लगातार झरी पछिको बाढी, पहिरोमा परि बुधबार मात्रै ५० जनाको मृत्यु भएको छ । आइतबारदेखिको लगातारको बर्षाले हालसम्म ७७ जनाको मृत्यु भएको छ ।

२७ जना बेपत्ता रहेको र २२ जना घाइते रहेको गृहमन्त्रालयले जनाएको छ । पाँचथर जिल्लामा पहिरोमा परेर २४, इलाममा १३ र डोटीमा १२ जनाको मृत्यु भएको छ।

त्यस्तै धनकुटामा सात , हुम्लामा छ, बैतडीमा चार, बझाङ, सुनसरी र उदयपुरमा दुई ÷ दुई जना, डडेल्धुरा, कालीकोट, सोलुखुम्बु, प्युठान र मोरङमा एक÷ एक जनाको मृत्यु भएको छ ।

बाढी पहिरोमा परेर बझाङमा २१ जना, इलाममा तीन, प्युठानमा दुई र जुम्लाका एक जनाको अवस्था अज्ञात छ ।

सरकारले बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई २ लाख राहात दिने

सरकारले बाढी पहिराबाट मृत्यु हुने परिवारलाई दुई लाख रुपैंया राहात दिने निर्णय गरेको छ। एकै परिवारका दुई जनाको निधन भएमा भने तीन लाख रुपैंया दिइने भएको छ । त्यस्तै घाइतेको निःशुल्क उपचार गर्ने सरकारले निर्णय गरेको छ।
आवास गुमाउने पाँच जना सम्मको परिवारलाई तत्काल १५ हजार र सोभन्दा बढी सदस्य भएका परिवारलाई २० हजार रुपैयाँ दिने भएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *