२०८२ चैत्र २ गते सोमवार

बाढीका कारण तुलसीपुर–घोराही सडक खण्डमा साना सवारी ठप्प

तुलसीपुर, कात्तिक ३ । आइतबारदेखि अबिरल रुपमा जारी बर्षाका कारण दाङको तुलसीपुर घोराही सडक खण्डमा साना सवारी साधान सञ्चालनमा आउन सकेका छैनन् ।

स्थानीय पत्रे लगाएतका खहरे खोलाहरु बाढी आएका कारण मंगरबार बेलुकादेखि नै मोटरसाईकल, स्कुटी, जिप, कार सञ्चालनमा आउन नसकेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

धन उत्पादनका दृष्टिकोणले महत्वपूर्ण स्थान ओगट्ने दाङमा अबिरल बर्षाका कारण किसानले भित्र्याउनका लागि खेतमा काटेर राखेको धानमा ठूलो नोक्सानी पुगेको छ ।

दाङमा यो बर्ष ३९ हजार हेक्टर क्षेत्रफलमा धान खेति भएकोमा काटिसकेको ३४ सय हेक्टर क्षेत्रफलको धान पुरै डुवानमा परेको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी रुद्र पौडेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७८ कार्तिक ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *