२०८२ चैत्र २ गते सोमवार

सल्यानमा बसुला प्रहार गरि श्रीमानले गरे श्रीमतिको हत्या

दाङ, कात्तिक ३ । सल्यानमा एक श्रीमानले सुतिरहेकी आफ्नै श्रीमतिलाई बसुला प्रहरा गरि हत्या गरेका छन् । जिल्लाको कुमाख ५ तिमिलेमा ४७ बर्षीय कबिराम खड्काले ४२ बर्षीया श्रीमति कली खड्काको मंगरबार राति ११ बजेतिर सुतिरहेको समयमा बसुला टाउकोमा प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।

‘अत्यधिक मदिरा सेवन गरेका श्रीमानले छोरा छोरी संगै सुतिरहेकी श्रीमतिलाई बसुलाले टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको रहेछ,’ जिल्ला प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले भने ।

कली खड्का १४ बर्षीय छोरा र ६ बर्षीय छोरीसंगै सुतिरहेकी थिइन । उनी निदाएको समयमा श्रीमान कबिरामले एकाएक टाउकोमा बसुला प्रहार गरि हत्या गरेको अनुसन्धानबाट खुल्न आएको डिएसपी थापाले बताए । घटना पछि राति नै लुकेर छोराले खवर गरेपछि प्रहरी घटनास्थल पुगेर आरोपित कबिरामलाई नियन्त्रणमा लिएको डिएसपी थापाले बताए ।

श्रीमान र श्रीमातिका बीचमा घरायरी कुराहरुमा यसअघि पनि सामान्ने बिबाद हुने गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान गर्न बाँकी नै रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *