लक्ष्मण बस्नेत, तुलसीपुर, कात्तिक २ । पश्चिम दाङको चरकमटियामा पाचौँ सक्रिय कप खुला फुटबल प्रतियोगिता हुने भएको छ ।
सक्रिय युवा क्लब बबई ७ को आयोजना तथा बबई गाउंपालिका वडा नं.७ को ब्यबस्थापनमा दिपावलीको अबसरमा कात्तिक १२ गतेदेखि चरकमटिया खेल मैदानमा प्रतियोगिता हुने भएको छ ।
क्लबका अध्यक्ष पुर्ण पंकज पुनले पश्चिम दाङ क्षेत्रको खेल गतिबिधिलाई चलायमान बनाउन प्रतियोगिता सञ्चालन गर्न लागिएको बताए । त्यसमा १२ टिमको सहभागिता रहनेछ ।
प्रतियोगितामा उपाधि जित्ने टिमले नगद ७० हजार पुरस्कार, कप, मेडल, प्रमाण पत्र प्राप्त गर्ने छ । त्यस्तै उपविजेताले नगद ३५ हजार, कप ,मेडल, प्रमाणपत्र हात पार्ने छ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तिगत बिधा तर्फ वेष्ट प्लेयर ,बेष्ट किप्पर, बेष्ट डिफेन्स,बेष्ट मिड फिल्डर,हाई स्कोररलाई पनि पुरस्कृत गरिने क्लबका सचिब सुजनकुमार राम्जाले बताए ।
झण्डै एक साता सम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउट सिष्टममा खेलाइने छ ।