
दाङ, कात्तिक २ । बाँकेमा राप्ती नदीको बाढीमा फसेका चार जनाले रातभर रुखमा चढेर ज्यान जोगाएका छन् ।
जिल्लाको डुडुवा गाउँपालिका वडा नम्बर ४ का ६० बर्षीय नाजिर खाँ,४५ वर्षीय सब्बिर खाँ, ३० वर्षका प्रमोद लोनिया र ५५ वर्षका सोखत नाउलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले मंगलबार बिहान पौने आठ बजेतिर रबरबोटको साहेताले सकुशल उद्धार गरेको छ ।
जिल्ला प्रहरी कर्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसी मधुसुधन न्यौंपालेनेका अनुसार उनीहरुले रातभर रुखमा चढेर ज्यान जोगाएका थिए ।
माछा मार्न भनेर गएका राप्ती नदीमा गएका उनीहरु अबिरल बर्षापछि एकाएक बाढी आएपछि डुडुवा ५ खजुरा स्थित राप्ती नदीको बीच टापुमा रहेका रुखमा बसेर रातभर ज्यान जोगाउन सफल भएका थिए ।
स्थानीय बाढीमा फसेको सूचना प्रहरीलाई डुडुवा ४ का वडाध्यक्षले दिएपछि प्रहरी मध्य राति घटनास्थल पुगेको थियो ।
टापुमा बसेकाहरु संग फोन सम्पर्क गर्दा हुँदा उनीहरुले रातभर रुखमा बसेर ज्यान जोगाउन तर्फ लाग्ने र बिहानै आएर आँफूहरु उद्धार गर्न प्रहरी संग याचना गरेका थिए ।
त्यसैले बिहानै रबर बोटसहित पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीले बाट उनीहरुको सकुशल उद्धार गरेका
थिए ।
प्रहरी सोमबार राति नै थप तीन जना भने पौडिएर राप्ती नदी पार गरेर सुरक्षित घर आउन सफल भएको जानकारी दिएको छ । बेमौसमी बर्षा आइतबार दिउँसोदेखि जारी छ । जस्ले गर्दा राप्ती नदीमा पानीको सतह बढ्दै जान थालेको छ ।
राप्ती सोनारी गाउँपालिकाको कुसुमस्थित बाढी मापन केन्द्रमा मंगलबार बिहान पानीको बहाब ३ मिटर ४० सेन्टिमिटर पुगेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिएका छन् ।