२०८१ बैशाख १५ गते शनिवार

तुलसीपुरको सुरक्षा प्रभाबकारी बनाउने बारे मेयर र डिएसपीका बीचमा छलफल

तुलसीपुर, कार्तिक १ । तुलसीपुरका मेयरले इलाका प्रहरी कार्यालयका डिएसपीलाई बोलाएर तुलसीपुर क्षेत्रको सुरक्षा ब्यबस्था थप मजबुत बनाउने बारे छलफल गरेका छन् ।

मेयर घनश्याम पाण्डेले इप्रकाका प्रमुख डिएसपी श्यामु अर्यालसंग सुरक्षा चुनौतिका विषयमा छलफल गरेका हुन ।
संभावित हुनसक्ने अपराधिक कृयाकलापलाई न्यूनिकरण कसरी गर्ने तथा नागरिकको जिउ,धनको सुरक्षामा नगरको तर्फबाट कस्तो सहयोग चाहिन्छ ? भन्ने बारे मेयर पाण्डेले छलफल गरेका छन् ।

त्यसक्रममा उनीहरुका बीचमा तुलसीपुर बजारलाई रातको समयमा उज्यालो बनाउन आधुनिक लाइटको व्यवस्था गर्न, तुलसीपुरको नयाँ बस पार्कमा रहेको टर्मिलन भवनमा अस्थायी प्रहरी बिट राख्नका लागि आवश्यक ब्यस्था गर्न, बजार क्षेत्रमा सिसी टिभी थप गर्न, गहते र भमके खोलामा सोलार बत्ति जडान गर्ने जस्ता प्राबिधिक कामहरुका बारेमा छलफल भएको थियो ।

त्यस्तै इप्रकामा ट्रष्ट निर्मण गर्ने प्रकृया तत्काल अघि बढाउने लगाएका आश्वासन मेयर पाण्डेले दिएको मेयरका प्रेस संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

ती आवश्यक संरचना र पुर्वाधार निर्माण गर्न उपमहानगरपालिकाका इन्जिनियर पवन योगीको संयोजकत्वमा डिएसपी अर्याल र तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे सदस्य रहेको समन्वय समितिपनि गठन गरिएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *