२०८२ चैत्र १ गते आइतवार

दाङमा चोरी गरेको आशंकामा दश जना पक्राउ

तुलसीपुर , असोज ३१ । दाङमा चोरी गरेको आशंकामा दश जना पक्राउ परेका छ । तुलसीपुर, घोराहीका, बंगलाचुली, लमही र गढवामा गरि दशैंको दिनमा नौं वटा घरमा चोरी भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले फरककोणलाई बताए ।

नौ घरबाट ६३ हजार जति नगद र साढे चार तोला जति सुनका गरगहना चोरी भएको एसपी काफ्लेले जानकारी दिए ।

चोरी गरेको आशंमामा तुलसीपुरबाट दूई जना , घोराहीबाट सात जना र बंगलाचुलीबाट तीन जना गरि दश जनालाई नियन्त्रणमा लिइएको एसपी काफ्लेले जानकारी दिए ।

‘केहीलाई चोरी गर्दागर्दै पक्राउ गरिएको हो,’ एसपी काफ्लेले भने ‘ केहीलाई भने यसअघिको रेकर्डका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।’

एसपी काफ्लेका अनुसार दशैंको दिनमा तुलसीपुरका दूई घर, घोराहीमा तीन, बंगलाचुलीमा तीन, लमहीमा एक र गढवामा एक घरमा चोरी भएको छ । घरमा कोही नहुनु, प्रहरी तथा स्थानीयलाई समेत कुनै खवर नगर्नु जस्ता कारणहरुले घरमा चोरी हुने गरेको एसपी काफ्लेले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ असोज ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *