२०७८ कार्तिक १ गते सोमवार

यी हुन, मुगु बस दूर्घटनामा ज्यान गुमाउने ३२ जना (नाम ठेगानासहित)

दाङ, असोज २७ । मुगुमा भएको बस दुर्घटनामा मृत्यु भएका ३२ जना सबै मृतकेको सनाखद भएको छ ।

मंगलबार नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मुगुको छायानाथ रारा नगरपालिका वडा नं. ७ पिनाटपने खोलामा दुर्घटना हुँदा २४ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनास्थलमै १६ पुरूष, ७ महिला र १ बालक गरि २४ जनाको मृत्यु भएको थियो । थप चार जनाको उपचारका लागि बाँके तर्फ लैजाँदै गर्दा र अन्य थप चार जना घाइतेको उपचारका क्रममा बाँकेमाा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मुगु प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाएकाहरू

१) दानबहादुर रावल –चालक– ३५ वर्ष) – छायाँनाथ रारा नगरपालिका
२) सरिता खड्का (२० वर्ष) – छायाँनाथ रारा–१०
३) कर्णसिह बुढा (२२ वर्ष)– छायाँनाथ रारा–१४
४) लग्न सेजुवाल (१९ वर्ष) – छायाँनाथ रारा–७
५) नाम नखुलेका २ वर्षीय बालक – छायाँनाथ रारा–७
६) भगवती बम (२० वर्ष) – छायाँनाथ रारा–७
७) पुजा बुढा (१८ वर्ष) – छायाँनाथ रारा–१०
८) प्यारी बिक (३३ वर्ष) – छायाँनाथ रारा–८
९) उम्मर सावद (१८ वर्ष) – छायाँनाथ रारा–६
१०) प्रकाश बुढा (२२ वर्ष) – छायाँनाथ रारा–११
११) अजय कार्की (२९ वर्ष) – छायाँनाथ रारा–५
१२) कमला बिसी (३२ वर्ष) – छायाँनाथ रारा–५
१३) सन्तोष बिटालु (२२ वर्ष) – छायाँनाथ रारा–८
१४) छारा सावत (२२ वर्ष) – छायाँनाथ रारा–१२
१५) रामामाया भाम – छायाँनाथ रारा–६
१६) सुनबहादुर बिक (२२ वर्ष) – छायाँनाथ रारा–१०
१७) शिब बुढा – छायाँनाथ रारा–१४
१८) आयुष राना (२ वर्ष) – छायाँनाथ रारा–७
१९) रुपसिंह कार्की (२० वर्ष) – छायाँनाथ रारा–१४
२०) महेन्द्र शाही (२२ वर्ष) – छायाँनाथ रारा–७
२१) चन्द्रप्रकास भाम (१८ वर्ष) – छायाँनाथ रारा–४
२२) आदित्य बिक्रम शाह – छायाँनाथ रारा–७
२३) अमृता शाही राना (२१ वर्ष) – छायाँनाथ रारा–७
२४) आइतसिंह कामी (२३ वर्ष) – सोरु गाउँपालिका–८
२५) टोपबहादुर बिष्ट (२८ वर्ष) – छायाँनाथ रारा–८
२६) मनरुप कुमाई – सोरु गाउँपालिका–३
२७) चन्द्रादेवी मल्ल (२३ वर्ष) – छायाँनाथ रारा
२८) प्रदिप स्वर्णकार (२२ वर्ष) – राँझा, बाँके
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी मधुसुधन न्यौंपानेका अनुसार उपचारका क्रममा बाँकेमा चार जनाको मृत्यु भएको छ ।
२९) चन्द्रप्रकाशार भार (१८ बर्ष)– छायाँनाथ रारा– १
३०)आदित्य बिक्रम शाही (१२ बर्ष)– छायाँनाथ रारा– ७
३१) टोपबहादुर बिष्ट (२८ बर्ष)–छायाँनाथ रारा– ८

३२)आइतेसिंह कामी (२३ बर्ष) –छायाँनाथ रारा– ८ रहेका छन् ।

घाइतेहरू


१) भूमिका खड्का (६ वर्ष) – छायाँनाथ रारा नगरपालिका ३ अवस्था सामान्ने – मुगुमै उपचार जारी

बाँके जिल्लाका अस्पतालहरुमा उपचार भइरहेकाहरु
१ ) दन्ता बुढा – छायाँनाथ रारा – ११
२) शुजता बम (७ वर्ष) – छायाँनाथ रारा–१३
३) हर्षबहादुर सावद – छायाँनाथ रारा–११
४) गणेश बहादुर रावल (२१ वर्ष) – छायाँनाथ रारा–७
५) सुस्मिता शाही (९ वर्ष) – छायाँनाथ रारा–१
६) प्रेम बहादुर रावल – छायाँनाथ रारा–५
७) शुक्रराज मल्ल (२१ वर्ष) – छायाँनाथ रारा–१
८) रतनसिंह रावल (२१ वर्ष) – छायाँनाथ रारा–८
९) सम्झना रावल (२० वर्ष) – छायाँनाथ रारा–८
१०) लक्ष्मीचन्द्रा रावल – छायाँनाथ रारा–५
११) रेखा सावद (३१ वर्ष) – छायाँनाथ रारा–११

कोहलपुरबाट एक जना डिस्चार्ज

दूर्घटनाका १२ घाइते मध्य मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नं. ७ का १८ बर्षीय सैलेन्द्र शाही बुधबार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट डिस्चार्ज भएका छन् ।
अब बाँकेमा ११ जना उपचाररत रहेका छन् । जसमध्य दूई जना नरसिंह कलेजमा र नौं जना कोहलपुरमा रहेका छन् ।
घाइते मध्य तीन जनाको अवस्था गम्भीर, छ जनाको मध्यम र दूई जनाको अवस्था सामान्ने रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

बुधबार दिउँसो १ बजेसम्म १६ जनाको शब आफन्तले बुझेर लगि सकेको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ । थप पाँच जनाको शब हेलिकोप्टरबाट मुगु बिमानस्थलमा ल्याउँदै गरेको पनि प्रहरीले जानकारी दिएको छ ।

दूर्घटनामा परेको बस छाँया नाथ रारा बस समितिको भएको हुँदा मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनका लागि समितिका पदाधिकारीलाई आग्रह गरिएको डिएसपी चित्रबहादुर भट्टराईले बताए ।

प्रकाशित मिति : २०७८ असोज २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *