२०७८ कार्तिक १ गते सोमवार

मुगु बस दूर्घटना : मृतकको संख्या ३२ पुग्यो

दाङ, असोज २६ । मुगुमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ।सुर्खेतबाट मुगुका लागि छुटेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पौने २ बजेतिर मुगुमा दुर्घटनामा हुँदा ३२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।

घटनास्थलमै १६ पुरूष, ७ महिला र १ बालक गरि को २४ जनाको मृत्यु भएको थियो । थप चार जनाको उपचारका लागि नेपालगञ्ज लैंजाने क्रममा बाटोमै र अन्य चार जनाको उपचारका क्रममा बाँकेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।

सुर्खेतबाट छुटेको उक्त बस मुगुको छायानाथ रारा नगरपालिका वडा नं. ७ पिनाटपाने खोलामा दुर्घटना हुँदा चालकसहित ३२ जनाको मृत्यु भएको छ । घाइते मध्ये थप १२ जनाको अब बाँकेमा उपचार भइरहेको छ ।

उनीहरुलाई समिट एअर र नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरि बाँके लगिएको थियो । घाइते मध्य एक जना सामान्ने अवस्थाकी बालिकाको भने जिल्ला अस्पताल मुगुमै उपचार भइरहेको छ ।

बसमा ४७ जना जति यात्रु सवार रहेको प्रहरीले अनुमान गरेको छ । बस दूर्घटना हुँदा तीन जना भने हाम फालेर ज्यान जोगाउन सफल भएका छन् । दूर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असोज २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *