२०८३ असोज २५ गते आइतवार

बाँकेमा बसको ठक्करबाट दुई जनाको मृत्यु

बाँके,असोज २६ । बाँकेको राप्तीसोनारी–८ परुवाखोला नजिक बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट बैतडी जाँदै गरेको ना ६ ख ७४८४ नम्बरको बसले सोमबार साँझ ठक्कर दिंदा राप्तीसोनारी–८ बालापुर की २६ वर्षीया चन्द्रा बुढाथोकी खड्का र ३४ वर्षीया गीता थारुको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।

पैदल हिंडिरहेका चन्द्रा र गीताको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाको विरोधमा पीडित पक्षले केहीबेर पूर्वपश्चिम राजमार्गअन्तर्गत शमसेरगञ्जमा राजमार्ग अवरुद्ध पारेका थिए ।

प्रकाशित मिति : २०७८ असोज २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *