पोखरा, असोज २५ । कास्कीमा बोलेरो दुर्घटना हुँदा चालकसहित ८ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
पोखराबाट घान्द्रुकका लागि २ बजे छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप दुर्घटना घान्द्रकको कलाभीरबाट मोदी खोलामा खसेको प्रत्यक्षदर्सीले बताएका छन् ।
जीपमा सवार ९ जना मध्ये १ जना भने कलाभीरमा अड्किएर बाच्न सफल भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । यो खबर तयार पार्दासम्म मृतक कसैको पनि सनाखत नभएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ असोज २५ गते सोमवार
