२०८३ कार्तिक १० गते सोमवार

बाख्रा चराउन गएका महिलालाई बसले ठक्कर दियो, एकको मृत्यु, अर्की गम्भीर

दाङ, असोज २५ । बाख्रा चराउन गएका महिलालाई बसले ठक्कर दिदा एकजनाको मृत्यु भएको छ भने अर्की एक जनाको अवस्था गम्भीर छ ।

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. ८ की २६ बर्षीया चन्द्रा बुढाथोकीको सोमबार दिउँसो बसको ठक्करबाट मृत्यु भएको छ । सोही ठाउँकी ३६ बर्षीया गीता चौधरी गम्भीर घाइते छिन् । चौधरीको कोहलपुर मेडिकल कलेजमा उपचार जारी रहेको छ ।

महाकाली यातायातको उक्त बस धनगडी तर्फ जाँदै गरेको ना ७ ख ७४४८ नम्बरको बसले पैदल हिडिरहेका दूई महिलालाई ठक्कर दिएर भागेको थियो ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत सम्शेरगञ्ज नजिकैको स्थानीय परुवा खोला पुल नेर ठक्कर दिएर बस भागेपछि पुलमाथि अचेत अवस्थामा लडीरहेका दूई महिलालाई स्थानीयको खबरपछि प्रहरीले उद्धार गरि अस्पताल पु¥याएको थियो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रबिन्द्र खनालका अनुसार घटना दिउँसो पौने २ बजेतिरको हो ।
उक्त बस पूर्वबाट पश्चिम धनगडी तर्फ जाँदै थियो । बस र चालक कोहलपुर प्रहरीको नियन्त्रणमा छन् ।

प्रकाशित मिति : २०७८ असोज २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *