२०८१ बैशाख ८ गते शनिवार

विश्वभर उर्जा सङ्कट बढ्दै : युरोपमा कोइला र प्राकृतिक ग्याँसबाट चल्ने कयौँ कम्पनी बन्द

काठमाण्डौ,असोज २५ । विश्वभर उर्जा सङ्कट बढ्दै गएको छ । कतै प्राकृतिक ग्याँस र कतै कोइलाको कमीका कारण विश्वभर उर्जा सङ्कट गहिरिँदै गएको बीबीसीले जनाएको छ ।

भारत लगायत युरोपका कतिपय देशमा सञ्चालित पावर प्लान्टमा कोइलाको आपूर्ति कम भएको खबरहरु सार्वजनिक हुने गरेका छन् ।

उनीहरुले बिजुलीको उत्पादन बढाएर कोइलाको खपत घटाउने तयारीमा जुटेका छन् । यस्तै प्राकृतिक ग्याँसको आपूर्ति पनि एउटा ठूलो चुनौती बन्दै गएको छ ।

एकातिर प्राकृतिक ग्याँसको आपूर्ति पर्याप्त छैन भने अर्कोतर्फ यसको माग बढ्दै गएको छ । युरोपियन देशहरु झन् यो समयमा प्राकृतिक ग्याँसको ठूलो सङ्कट भोगिरहेका खबरमा उल्लेख छ । माग अनुसारको प्राकृतिक ग्याँसको आपूर्ति हुन सकिरहेको छैन ।

चिसो मौसम सुरु भएपछि माग झनै बढ्ने गरेको छ । मागअनुसारको आपूर्ति नहुँदा निम्न र मध्यम आय भएका मानिस बढी समस्यामा पर्ने गरेका छन् । एक रिपोर्टका अनुसार बेलायतमा १० लाखभन्दा धेरै परिवार आउने वर्षको सुरुवातमा बिजुली वा अन्य उर्जाको प्रयोग गर्न असक्षम हुने जनाइएको छ ।

उर्जा महँगो हुनु मुख्य कारण रहेको जनाइएको छ । बेलायत लगायतका युरोपका कतिपय देशमा पछिल्लो समय कोइला र प्राकृतिक ग्याँसबाट चल्ने कयौँ कम्पनी बन्द भएका छन् । युरोपियन देशहरु ४३ प्रतिशत प्राकृतिक ग्याँसको आपूर्तिका लागि रुसमा निर्भर छन् । अहिले रुसमा समेत आपूर्ति कम भएकाले समस्या झन् थपिँदै गएको छ ।

प्रकाशित मिति : २०७८ असोज २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *