२०८२ चैत्र ३ गते मङ्गलवार

जन्ति बोकेको बोलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु, १६ घाइते

धनगढी, असोज २५ ।अछाममा जन्ति बोकेको बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
गाडी चालक सहित अन्य १६ जना बढी घाइते भएका छन् ।

मृत्यु हुनेमा पन्चदेवल बिनायक नगरपालिका वडा नं. २ का १८ बर्षका सर्प बोहरा, सोही वडाका १४ बर्षीय जीवन न्यौपाने र वडा नम्बर ३ का १७ बर्षीय जीवन जैसी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामले गएराति पन्चदेवल बिनायक नगरपालिका १ कुईकामा से १ च १७६३ नम्बरको बोलेरो दुर्घटना हुँदा थप १६ जना घाइते भएको जानकारी दिएको छ ।

मध्य १४ जनाको जिल्ला अस्पताल अछाममा र पन्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ का मदन धामी र उपेन्द्र शाहीलाई थप उपचारको लागि बाँके रेफर गरिएको छ । प्रहरीका अनुसार बोलेरो सडकबाट झन्डै तीन सय मिटर तल खसेकोे छ ।

प्रकाशित मिति : २०७८ असोज २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *