बुटवल, असोज २४ । रुपन्देहीमा प्रहरी र जग्गा कब्जा गरि बसेकाहरु बीचको झडपमा परि घाइते भएका तीन जनाको मृत्यु भएको छ।घाइते मध्य तीन जनालाई अस्पताल ल्याइ पु¥याउनु पूर्व नै मृत्यु भएको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
तर, स्थानीय प्रशासनले मृतकको परिचय भने खुलाएको छैन । झडपमा परि घाईते भएका ८ जना सर्वसाधारण र ५ जना प्रहरी गरि १३ जनालाई मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । ती मध्ये ३ जनाको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
बुटवल वडा नं. १७ र १८ मा पर्ने मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जागरी बसेकाहरुलाई हटाउने क्रममा प्रहरी र त्यहाँ बसेकाहरुका बीचमा आइतबार दिउँसो झडप भएको थियो ।
रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपपछि स्थानीय प्रशासनले कफ्र्यू लगाएको छ।
प्रकाशित मिति : २०७८ असोज २४ गते आइतवार