२०८२ चैत्र ३ गते मङ्गलवार

गाड्दै गरेको युवतीको शव प्रहरी नियन्त्रणमा, ९ जना पक्राउ

विराटनगर,असोज २२ । वीरगन्जको मुर्लीस्थित कब्रस्तान (मुस्लिमको शम्शानघाट) मा गाड्न लागेकै अवस्थामा एक युवतीको शव प्रहरीले नियन्त्रणमा लिएको छ।

भारतको बिहार पश्चिमी चम्पारण जिल्लाको इनर्वा खमीया गाँउकी १८ वर्षिया जयुनत खातुनको शव प्रहरीले कब्रस्तानबाटै नियन्त्रणमा लिएको हो।

शंकास्पद मृत्यु भएकी ती युवतीको शव अभिभावक र आफन्तले प्रहरीलाइ थाहै नदिइ कब्रस्तानमा बिहीबार साँझ लगेर दफनाउन (गाड्न ) लागेकै अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। शव अहिले वीरगन्जस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको छ।

युवतीको मृत्यु शंकास्पद देखिएकाले शवको पोष्टमार्टम वीरगन्जमै गर्ने कि काठमाडौं पठाउने विषयमा छलफल भइरहेको पर्साका प्रहरी उपरिक्षक बेलबहादुर पाण्डेले जानकारी दिए। मृत्युको कारण लुकाउन हतार हतार गरेर शव इदगाहमा लगेर गाड्ने कार्यमा संलग्नसहित ९ जनालाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ।

प्रहरीले नियन्त्रणमा लिएकामध्ये पर्साको जगरनाथपुर गाँउपालिकाका अध्यक्ष जालीम मियाका नाती, मृतक युवतीका आमा, बुबासमेत गरी ९ जना रहेको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए।

प्रकाशित मिति : २०७८ असोज २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *