२०८३ असार २७ गते शनिवार

बाँकेमा १९ बर्षीय युवक मृत फेला

दाङ, असोज १९ । बाँकेमा १९ बर्षीय एक युवक मृत अवस्थामा फेला परेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ स्थित खेतमा मंगलबार बिहान ८ बजेतिर रोहित थारु मृत अवस्थामा फेला परेका हुन ।

मृतकको शरिरमा कुनै चोट पटक नरहेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मधुसुदन न्यौंपानेले जानकारी दिए ।
प्रहरीले लागु औषधको ओभर डोजका कारण थारुको मृत्यु भएको हुन सक्ने आशंका गरेको छ ।

पोष्ट मार्टम रिपोर्ट नआएको हुँदा रिपोर्ट आएपछि मात्रै थारुको मृत्युको कारण एकीनका साथ भन्न सहज हुने डिएसपी न्यौंपानेले बताए ।
थारुका घर परिवारले भने घरमै सुतेका रोहितलाई गएराति कसैले फोन गरि बोलाएको र उनको हत्या भएको दाबी गरेका छन् ।


लामो समयदेखि नेपालगञ्जमा परिवारका साथ बस्दै आएका थारु बर्दियाको राजपुरकास्थायी बासिन्दा हुन ।

प्रकाशित मिति : २०७८ असोज १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *