२०८२ चैत्र १ गते आइतवार

घोराहीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु

दाङ, असोज १९ । घोराहीमा करेन्दट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ ।
बबई खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आँफैलाई करेन्ट लाग्न पुग्दा घोराही उपमहानगरपालिका वडा नं. ३ का २३ बर्षीय नारायण बस्नेतको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार बिहान करिब साढे १० बजेतिर बस्नेतलाई बबई खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेको थियो ।

अचेत अवस्थाका बस्नेतलाई उद्धार गरि घोराहीस्थित अस्पतालमा पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । बस्नेतको शब पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको छ ।

प्रकाशित मिति : २०७८ असोज १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *