दाङ, असोज १९ । सल्यानको बागचौर नगरपालिका २ गैरीकी ५४ बर्षीया रामकली खत्रीको मृत्यु जेसिबीको ठक्करबाट भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट देखिएको छ ।
शनिबार साँझ साढे ५ बजेतिर घरदेखि माइती घर जान भनेर हिडेकी खत्रीको शव आइतबार बेलुका साढे ७ बजेतिर बीच बाटोमै फेला परेको थियो ।
सल्यान प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले प्रारम्भीक अनुसन्धानबाट खत्रीको मृत्यु जेसिबी किचेका कारण हुन गएको कुरा प्रारम्भीक अनुसन्धानबाट देखिन आएको जानकारी दिए । प्रहरीले जेसिबी चालक बागचौर ३ का २६ बर्षीय बिष्णु डाँगीका बिरुद्ध मंगलबार म्याद थपको लागि पठाएको जानकारी दिएको छ ।
साँझ पर्नु र अग्लो घाँस रहेको हुँदा खत्री आएको देखिन भन्ने कुरा चालकले गरेको भएपनि जेसिबीले किचेरै महिलाको मृत्यु भएको देखिन आएको डिएसपी थापाले बताए ।
जेसिबीले बाटो मर्मतको काम गरिरहेको हुँदा त्यो दिन अरु कुनैपनि सवारी साधन त्यो बाटोमा नचलेको हुँदा जेसिबी बाहेक अरु ठक्कर दिने कुनैपनि साधन नदेखिएको प्रहरीले जनाएको छ ।
मृतकको शरिरको घाउ खतका आधारमा यसअघि नै खत्रीको मृत्यु गाडीले किच्लेर भएको निस्कर्ष निकालेको थियो ।
डिएसपी थापाले पोष्टमार्टम रिपोर्टले पनि खत्रीको मृत्यु गाडीले किचेरै भएको देखिएको जानकारी दिए ।
यसअघि प्रहरीले घटना अनुसन्धानका लागि भनेर जेसिबी चालक, सहचालक र साहुलाई नियन्त्रण गरि अनुसन्धान गरेको थियो ।
शनिबार बेलुका खत्री माइतीमा जान भनेर घरबाट हिडेकी थिइन । खत्रीको घर र माइती घरको दुरी झन्डै तीन कलोमिटर जति टाढा रहेको प्रहरीले जनाएको छ । उनको बीच बाटोमा फेला परेको थियो ।