२०८१ बैशाख ८ गते शनिवार

जारी फूटबल प्रतियोगितामा यूनाइटेड युथ क्लब तुलसीपुर र माइला दाइ फुटबल क्लबको बिजयी सुरुवात

लक्ष्मण बस्नेत, तुलसीपुर, असोज १२ । दाङ तुलसीपुरमा जारी जिल्लाकै सर्वाधिक पुरस्कार राषीको जारी खुल्ला फुटबल प्रतियोगितामा यूनाइटेड युथ क्लब तुलसीपुर र माइला दाइ फुटबल क्लबले बिजयी सुरुवात गरेका छन् ।


टरिगाँउ युवा क्लब तुलसिपुर १२ को आयोजनामा सञ्चालित प्रतियोगिता अन्तर सोमबार भ्एको खेलमा आयोजक टरिगाँउ युवा क्लब ‘बी’लाई सर्ट एण्ड डेथमा शून्यका बिरुद्ध एक गोल अन्तरले पराजित गर्दै यूनाइटेड क्लबले जित हासिल गरेको हो ।


यी दूइ टिमले निर्धारित समयसम्म गोल रहित बराबरी खेलेपछि खेल पेनाल्टी सूटमा पुगेको हो । त्यसमा पनि दुबै टिब बराबर अवस्थामा पुगेपछि सर्ट एण्ड डेथमा खेल पुगेको थियो ।


त्यस्तै एसवाइ ‘सी’ कालाकाँटेलाई सर्ट एण्ड डेथमै ३ का बिरुद्ध ४ गोल अन्तरले पराजित गर्दै ‘माइल दाइ’ फुटबल क्लबले जित निकालेको हो ।
यी दूइ टिमले पनि निर्धारित समयमा गोर रहित बराबरी खेलेका थिए ।

त्यसपछि गेम पेलान्टी सूट आउटमा पुगगेको थियो । तर, पेनाल्टी सूट आउटमा पनि बराबरी भएपछि खेल सर्ट एण्ड डेथ पुगेको थियो ।

प्रतियोगिता अन्तरगत मंगलवार पहिलो क्वाटर फाइनल खेलमा युनाईटेड युथ क्लब तुलसिपुर र मगर एकता क्लब हापुरे भिड्नेछन् ।
त्यस्तै दिउँसो हुने दोस्रो क्वाटर फाइनल खेलमा आयोजक टरिगाँउ युवा क्लब ‘ए’ र ज्ञानज्योति क्लब तुलसीपुर भिड्ने छन् ।


प्रतियोगितामा जिल्लाका १३ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता टिमले नगद १ लाख १५ हजार ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ ।

त्यस्तै उपबिजेता र तृतिय स्थान हासिल गर्ने टिम ले क्रमशः नगद ५० हजार र २० हजार मेडल तथा प्रमाणपत्र हात पार्ने छन ।
त्यस्तै ब्यक्तिगत बिधा तर्फ प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने उत्कृष्ट खेलाडी ,उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई जनही ७ हजार ५ सय नगद पुरस्कार ले पुस्कृत गरिने आयोजक क्बलले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ असोज १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *