२०७८ कार्तिक १ गते सोमवार

सबै ठाउँमा सांकेतिक भाषासम्बन्धी दोभासे नहुदाँ समस्या

तुलसीपुर,असोज ७ । सांकेतिक भाषा सम्बन्धी दोभाषे नहुँदा समस्या भएको एक कार्यक्रमका सहभागीले बताएका छन ।

चौथो अन्तराष्ट्रिय सांकेतिक भाषा दिबसको अवसरमा राप्ती बहिरा सघं दाङले आयोजना गरेको बहिरा शिक्षा तथा स्थानीय निकायको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम बोल्ने सहभागीले यस्तो बताएका हुन ।

कार्यक्रममा बहिरा विद्यार्थी अम्बिका डाँगीले सबै ठाउँमा सांकेतिक भाषाको व्यवस्था नहुदाँ सञ्चारबाट बञ्चित भैरहेको गुनासो गरिन । हामी लाटा होइनौ,बहिरा हौ,उनले भनिन्,हामीले चाहेमा नसक्ने केही छैन तर त्यसका लागि हामीलाई अवसरको खाँचो छ ।

उनले स्थानीय सरकारले हरेक क्षेत्रमा दोभाषेको व्यवस्था गरिदिए समस्याबाट मुक्त हुने बताइन । विभिन्न ठाउँमा छरिएर रहेका बहिरा बालबालिकाहरू शिक्षाबाट वञ्चित छन्,उनले भनिन् ।

हाम्रा कुरा कसले सुन्छ कसले बुझ्छ,हामी कहिलेसम्म सञ्चारबाट वञ्चित हुने ? उनले बहिरा तथा फरक क्षमता भएका व्यक्तिहरूले प्रयोग गर्ने सांकेतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिलाउन स्थानीय सरकारले पहल गर्नुपर्नेमा जोड समेत दिइन ।

दोभाषे शिक्षक विजय वलिले स्थानीय तहमा बहिरा शिक्षकको सङ्या न्युन रहेको बताउँदै यसका लागि उपमहानगरपालिकाले बहिराहरुका लागि विभिन्न तालिमहरुको व्यवस्था गरिदिनुपर्ने बताए ।

उपमहानगरपालिकामा पटक-पटक जान्छौ,त्यहाँ हाम्रा कुरा सुन्ने बुझ्ने कोही पनि हुदैन,उनले भने , एउटा मात्र दोभाषे जानेको व्यक्ती हुन्थ्यो भने हाम्रो कुरा सुनाइ हुन्थ्यो,त्यसैले अब स्थानीय सरकारले यस तर्फ ध्यान दिन आवश्यक छ ।

राप्ती बहिरा सघंका संस्थापक अध्यक्ष अजय कुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले पञ्चायतकालमा बहिराहरुको संगठन खोल्दा खोल्न नपाइएको अवस्थाबाट गुज्रदै अहिलेसम्म आउदाँ सघंले महत्वपुणर् भुमिका खेलेको बताए ।

उनले जिल्लामा रहेको बहिरा सघंले यस क्षेत्रका सांकेतिक भाषा बोल्ने बालबालिकाहरुको लागि मात्र नभई राज्यको ध्यानाकर्षक गर्ने, अपागंताका क्षेत्रमा भएका व्यक्तीहरुको पुर्नस्थापना गर्न समन्वय गर्ने जस्ता थुप्रै कामहरु प्रशंसनीय रहेको बताए ।

सबै क्षेत्रका अपांगता भएका व्यक्तीहरुको अधिकार सुनिश्चित गर्ने,उनीहरुको पठनपाठन,स्वास्थ्य,पुर्नस्थापना सगंसगै समाजमा आर्थिक जिविकोपार्जनसगं जोड्ने कुरामा सफलता मिलोस,पाण्डेले शुभकाना दिए ।

सम्पन्नता भएका व्यक्तीहरुलाई मात्र होइन अपागंता भएका समाजमा पछाडि पारिएका आदिवासी,महिला,जनजाती,जेष्ठ नागरिक,बालबालिका सबैलाई मध्यनजर गरेर रणनीति कार्यक्रम बनाएर अगाडि बढेको बताए । अपांगता क्षेत्रमा भएका व्यक्तीहरुको पनि हक हितको सुरक्षित गर्दै निरन्तर रुपमा लागिरहेको उनले बताए ।

अपागंमैत्री स्थानीय सरकारको अवधारणा अनुसार कार्य गर्नका निम्ती प्रतिबद्ध रहेको र यसको निति मस्यौदा बनाउदाँ यस क्षेत्रका व्यक्तीहरुसगं मिलेर काम तयार रहेको बताए ।

राप्ती बहिरा सघंले विद्यार्थीहरुको पठनपाठनका लागि ठाउँ सारिरहनु पर्दैन,उनले भने,अब मावी अस्वारामा गुरुयोजना बनाएर व्यवस्थित रुपमा अपागंता मैत्री छात्राबास निमाणर्मा लागौ,यसका लागि उपमहानगरपालिका सहयोग गर्न तयार छ ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका सदस्य सुरेन्द्र खड्काले स्थानिय सरकारले वितेको ४ वर्षमा अन्य क्षेत्रमा धेरै भुमिका निर्वाह गरेता पनि बहिरा बालबालिकाको शिक्षाको लागि केही व्यवस्थापन गर्न नसकेको भन्दै यसप्रति ध्यान केन्द्रित गर्न आग्रह गरे ।

हरेक कुरा भाषणमै मात्र समित राखेर हुदैन,उनले भने ,अब व्यवहारमा सुधार ल्याउन जरुरुी छ । स्थानीय तहमा सांकेतिक भाषासम्बन्धी ज्ञान भएका व्यक्ति नहुँदा बोल्न तथा सुन्न नसक्ने बहिरा नागरिक अझै पछाडि रहेको बताए ।

हामी सबैका लागि सांकेतिक भाषा,समावेशी समाज मूल अभियान,सांकेतिक भाषा हाम्रो पहिचान भन्ने नारासहित सुरु भएको कार्यक्रममा सघंका निर्देशन प्रतिमा शर्माले बहिरा तथा अपागंता भएका व्यक्तीका गुनासा धेरै भएपनि पोख्ने ठाउँ कहीं नभएको भन्दै बताइन ।

बहिरा बालबालिकाहरुको लागि आफ्नै भाषामा छुट्टै बसेर पढ्न पाउने अवस्था छैन,उने भनिन्,यी बालबालिकाले आफ्नै मौलिक अधिकार प्रयोग गरेर पढ्न पाउने व्यवस्था नहुदाँ समस्या खेपीरहनु परेको छ ।

सो अवसरमा उपमहानगरपालिकाका शिक्षा शाखाका मदन देवकोटा,पत्रकार सर्मिला डिसी,राप्ती बहिरा सघंका सचिव डमबर ओली, शिक्षक लिलाराज पोख्रेल लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

सघंका सहसचिव ज्ञानु खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण राप्ती बहिरा संघ कार्यक्रम अधिकृत देबा डाँगीले गरेकी थिइन ।

कार्यक्रममा दोभाषे शिक्षक स्मृती योगगी,झरना केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ असोज ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *