२०८१ बैशाख ८ गते शनिवार

सगरमाथा सिमेन्ट प्रयोग गरि घर बनाउँदा दूई हप्तासम्म ढलान नै सेट भएन

पीडित भन्छन् – हामीलाई उचित क्षतिपूर्ति दिनु पर्छ

तुलसीपुर,असोज ७ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ रानी जरुवाका ६६ बर्षीय पूर्णबहादुर थापाले आफ्नो नयाँ घर निर्माण गर्दै छन् । थापाले बाहिर छुट्टै भ¥याङसहितको पाँच कोठे घर बनाउँदै छन् । उनले दैनिक ज्यालादारीमा डकर्मी लगाएर आँफूले समेत काम गरि घर निर्माण गरिरहेका छन् ।

तुलसीपुरकै धनञ्जय डे«डर्सबाट उनले सगरमाथा सिमेन्टको उत्पादन बिश्वकर्मा सिमेन्ट प्रयोग गर्दै आएका छन् । उनले भदौ २२ गते बिम ढलान गरे । सौचालयको ढलाई भदौ २६ गते गरे । तर, थापाको घरको बिम र सौचालय ढलानमा प्रयोग भएको सिमेन्ट झन्डै दूई हप्ता पुग्दा समेत सेट नै भएको छैन । सामान्नेतया ढलानको काम गरेको २४ घन्टा भित्रै ढलान सेट भइ सक्छ ।

झन्डै दूई हप्ता दिन बितिसक्दा सम्मपनि सिमेन्ट नै सेट नभएपछि थापा यतिखेर अन्यौंलमा परेका छन् । घर निर्माणको काम बीचमै रोकिएको छ । थापाले यतिकाम गर्दासम्म करिब सात लाख रुपैंया खर्च भइसकेको बताए । ‘सिमेन्ट सेट नै भएन, फसफस खसिरहन्छ । सामान्ने रुपले हातले मज्जाले माड्दापनि माटो जस्तै गरि धुलोपिठो हुन्छ,’ थापाले भने ‘ शान्ति सेना गएको छोरा रेशमको कमाईले घर निर्माण गर्न खोजेको थिए, सिमेन्ट क्वालिटीको नहुँदा मेरो घर बनाउने सपना चकनाचुर हुने अवस्था भयो ।’

आँफूले प्रयोग गरेको सिमेन्ट सेट नै नभएको गुनासो थापाले सिमेन्टका आधाकिरिक बिक्रेता धनञ्जय डे«डर्सलाई गुनासो गरेपछि उक्त ड्रेडर्सले त्यो खवर उत्पादक दाङको घोराहीको गोग्लीस्थित सगरमाथा सिमेन्टका पदाधिकारीलाई ग¥यो । उद्योगले आफ्ना प्रतिनिधि पठायो ।

उद्योगको तर्फबाट इञ्जिनियर सन्दिप मुखर्जी लगाएतको टिम थापाको निर्माणाधिन घर हेर्न आयो । सिमेन्ट, बालुवा लगाएतका बस्तुहरुको स्याम्पल लगेर गयो । ‘उहाँहरुले तीन दिन भित्र रिपोर्ट दिन्छौं भन्नु भएको हो,’ थापाले भने ‘ तर, आज बाह्र दिन जति बितिसक्यो आजकल हाम्रो फोनपनि उठाउनु हुन्न ।’

सिमेन्ट नै सेट नभएपछि अब थापाले त्यो सबै फालेर पुनः जगदेखि घर पुनःनिर्माण गर्नुपर्ने अवस्था आएपनि उद्योग र सिमेन्ट बिक्रेटा जिम्मेवार ब्यक्तिहरुले फोन नै नउठाउने गरेको भन्दै थापाले आक्रोस ब्यक्त गरे ।

‘ उताबाट छोराले गाली गरिरहन्छ,’ थापाले भने ‘ यता न सिमेन्ट बेच्ने साहुले फोन उठाउँछन् न उद्योगका मान्छेले कुनै जवाफ दिन्छन् । फोन उठाएपनि कहिले चितवन छु, कहिले काठमाडौं छु र कहिले इण्डिया छु भनेर मात्रै जबाफ दिदै ठग्दै आएका छन् ।’
थापाले आँफूले हालसम्म झन्डै दूईसय ५० बोरा विश्वकर्मा सिमेन्ट ल्याएर प्रयोग गरेको मध्य ४० बोरो जति सिमेन्टमा सेट नहुने समस्या देखिएको बताए ।

थापा जस्तै नयाँ घर निर्माण गरिरहेका तुलसीपुर ८ टिकरीका राजेश बिकपनि यतिखेर बिलखबन्दमा परेका छन् । सगरमाथा सिमेन्ट प्रयोग गरि घर निर्माण गरिरहेका उनको घरको डिपिसी ढलानपनि सेट भएको छैन । त्यसैले बिकको घर निर्माणको काम बीचमै रोकिएको छ । बैदेशिक रोजगारीबाट बिदामा घर आएको मौका छोपी घर निर्माणमा जुटेका बिक अब के गर्ने के नगर्ने भन्ने अन्यौंलमा परेका छन् । ‘सिमेन्ट नै सेट नभएपछि कसरी घर निर्माण गर्नु,’ मेरोपनि ६ लाख जति खर्च भइसकेको छ । अब फेरि सबै धप्काएर पुनःनिर्माण गर्नुपर्ने अवस्था आएको छ।’

बिकले रकमराज बिकलाई ठेक्कामा घर निर्माणको जिम्मा दिएका छन् । बिकले तुलसीपुरमा बिगत १६ बर्षदेखि घर निर्माणको काम गर्दै आएका छन् ।

रकमराजका अनुसार भदौ २६ गते बिम ढलाई गरेको र हालसम्मपनि त्यो सेट नभएको हुँदा सिमेन्टमा कमजोरी देखिएको दाबी गरे । ‘मैले घर निर्माणको क्षेत्रमा काम गर्दै आएको १६ बर्ष भयो,’ उनले भने ‘तर, यस्तो समस्या कहिलै आएको थिएन । यो सबै सिमेन्टको कमजोरीले गर्दा भएको हो ।’

रकमराजले भदौ २६ गते आँफूहरुले घरको बिम ढलाई गरेपनि दूईदिन सम्मपनि त्यो सेट नै नभएको अबस्था देखेपछि तत्काल सगरमाथा सिमेन्टको तुलसीपुरको गुम्ह्रा चोकस्थित आधिकारिक बिक्रेता अखण्ड हार्डवयरका साहुलाई खबर गरेको बताए ।
‘ मैले सगरमाथाको पिपिसी सिमेन्ट प्रयोग गर्दै आएको छु,’ रकमराजले भने ‘ हामीले ल्याएको झन्डै दूई सय १५ बोरो सिमेन्ट मध्य पहिलो लटको ठिक थियो, तर दोस्रो लटको २५ बोरा सिमेन्टमा समस्या देखिएको छ ।’

घर निर्माण गर्दा सिमेन्ट सेट नभएपछि हार्डवयरका साहु खपिन्द्र परियारलाई बोलाएर सबै देखाएको र परियारले त्यसबारे डिलरका साहुलाई जानकारी गराएपछि दामोदर भण्डारीपनि घर निर्माणस्थलमा आएर अबलोकन गरेका थिए ।

डिलरका साहु भणडरीले घोराहीस्थित सगरमाथा सिमेन्टमा समस्या बारे जानकारी गराएपछि त्यहाँबाट प्रतिनिधि आएर आँफूले ठेक्का लिएर निर्माण गरिरहेको घरमा देखिएको समस्या अबलोकन गरेर गएको रकमराजले बताए ।

सगरमाथा सिमेन्ट उद्योगबाट क्वालिटी डिपार्टमेन्टका मानिस र इञ्जिनियर सन्दिप मुखर्जी भदौ ३० गते आएर सिमेन्ट तथा बालुवाको स्याम्पल लगेर गएको रकमराजले बताए ।

‘उहाँहरुले आँफूहरुले ल्याब टेष्ट गरेपछि मात्रै के भएको हो ? भनेर भन्न तीन दिन भित्रै खबर गर्छौं भन्नु भएको हो,’ रकमराजले भने ‘तर, यतिका दिन बितिसक्दा समेत हामीलाई कुनै रिपोर्ट दिइएन र आज फोन हान्दा कसैले पनि फोन उठाउँदैनन् ।’
कसैले फोन उठाएपछि तुलसीपुरस्थित डकर्मी ब्यबसायी समितिका सदस्य समेत रहेका रकमराजले समितिमा आँफूलाई परेको समस्या बारे अबगत गराएको बताए ।

असोज ५ गते उत्पन्न समस्याका बारेमा डकर्मी ब्यबसायी समितिको बैठकले सिमेन्टमै समस्या देखिएको हुँदा त्यसको क्षतिपूर्ति उद्योगले दिनुपर्ने निर्णय गरेको छ ।

डकर्मी ब्यबसायी समिति तुलसीपुरका अध्यक्ष डिल्ली चौधरीले उद्योगका प्रतिनिधिले तीन दिन भित्रै रिपोर्ट बुझाउने आश्वासन दिएपनि आफ्नो गल्ती देखिएपछि त्यो ढाकछोप गर्न खोजेको स्पष्ट भइसकेको बताए ।

उनले उद्योगकै लापरबाहीले गुणस्तर हिन केही बोरा सिमेन्ट बजारमा पठाउनु ठूलो लापरबाही भएको भन्दै त्यसको क्षतिपूर्ति सम्बन्धित घर धनि वा घर निर्माणको जिम्मा लिएका निर्माण ब्यबसायीले पाउनु पर्ने माग गरे ।

‘ हाम्रा साथीहरुले उद्योगका जिम्मेवार ब्यक्तिलाई फोन गर्दा रिपोर्ट डिलरमा पठाइ सकेका छौं भन्ने र डिलरका साहुलाई फोन गर्दा रिपोर्ट आएकै छैन भन्नुले कमजोरी ढाकछोप गर्न खोजिएको स्पष्ट भइसकेको छ,’ चौधरीले भने ‘प्राबिधिक रुपमा उद्योगले कमजोरी गरे र सिमेन्ट गुणस्तरहिन देखिदा समेत क्षतिपूर्ति दिन आनाकानी गर्नु बदमासी हो ।’

रकमराजले पनि उद्योगले आफ्नो रिपोर्ट छिटो सार्वजनिक गर्नुपर्ने र त्यसो नगरे उद्योग बिरुद्ध अदालत जाने बताए ।
यसैबीच सिमेन्ट उद्योगका प्रतिनिधिले सुटुक्क घर धनिहरुलाई फोन गरि आर्थिक लालच देखाउन खोजेको देखिएको छ ।
राजेशकी बिककी श्रीमति शारदा बिकले बुधबार राति मात्रै सगरमाथा सिमेन्ट उद्योगका मानिसहरुले आँफूलाई फोन सम्पर्क गरि आर्थिक लालच देखाउन खोजेको बताइन ।

‘तपाँईहरु कतै हल्ला खल्ला नगर्नुहोला,छिटै उद्योगका मानिसहरु तपाँईकोमा आउँछन र क्षतिपूर्ति उपलब्ध गराउने छन्,’शारदाले भनिन् ।

हामीले केही बोल्न मिल्दैन – इञ्जिनियर मुखर्जी

घोराहीस्थित सगरमाथा सिमेन्टका इञ्जिनियर सन्दिप मुखर्जीले आँफूसहित उद्योगबाट समस्या देखिएका तुलसीपुरका दूई घरमा पुगेको भएपनि त्यसबारे आँफूले बोल्न नमिल्ने बताए ।

‘ हामी गएर समस्या भएका ठाउँको स्याम्पल कलेक्सन पछि क्वालिटी डिपार्टमेन्टमा रिपोर्ट बुझाएका छौं,’ मुखर्जीले भने ‘ तर, त्यो रिपोर्ट बारे बोल्ने अधिकार मलाई छैन ।’उद्योगको क्वालिटी डिपार्टमेन्ट हेडलाई मात्रै त्यसबारे बोल्ने अधिकार रहेको उनले बताए ।

प्रकाशित मिति : २०७८ असोज ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *