२०८१ फाल्गुन २ गते शुक्रवार

प्रतिष्ठानले चारगुणा सम्म बढाएको शुल्क फिर्तालिन माग

दाङ, पुष १७  ।  नागरिक समाज दाङले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले मंगलवारदेखि चार गुणासम्म स्वास्थ्यसेवामा शुल्क बढाएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष चन्द्रराज पन्तको अध्यक्षतामा घोराहीमा मंगलवार बसेको बैठकले प्रतिष्ठानले गरेको शुल्क बृद्धिको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।

नेपाल सरकारले निःशुल्क उपलब्ध गराएका सेवा तथा सुविधाहरु निःशुल्क प्रवाह गर्न र अन्य सेवा सुविधाहरुमा नेपाल सरकारले निर्धारण गरेको मापदण्डको परिधीभित्र रही गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न नागरिक समाजले अनुरोध गरेको छ । साथै प्रतिष्ठानले प्रवाह गरेका सेवाका सम्बन्धमा नागरिक समाजले नियमित रुपमा अनुगमन गर्ने निर्णय समेत गरेको बैठक पछि सचिव लक्ष्मी आचार्यले जारी गरेको प्रेस बक्तव्यमा उल्लेख छ ।

प्रकाशित मिति : २०७५ पुष १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *