दाङ, असोज ६ । गुल्मीमा पहिरोले घर पुर्दा जुम्ल्याहा दिदी बहिनीसहित एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर ८ मा गएराति तिलक परियारको घर पहिरोले पुर्दा उनकी तीन छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
पहिरोले पूर्दा १४ वर्षीया जुम्ल्याहा दिदी बिहिनी गंगा परियार र जमुना परियार र उनीहरुकी दिदी २१ बर्षीया भावना परियारको पनि मृत्यु भएको छ ।
बुवा तिलक, उनकी श्रीमती र अर्की एक छोरी छुट्टै कोठामा सुतेको हुँदा उनीहरु भने सकुशल छन् ।
बुधबार राति करिब १ बजेतिर पहिरो घरमा खसेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७८ असोज ६ गते बुधवार