२०८१ असोज २९ गते मङ्गलवार

बँदेल मार्न थापेको बिद्युतीय पासोमा परि श्रीमान, श्रीमती र भाउजुको मृत्यु

दाङ, असोज २ । बर्दियामा विद्युतीय पासोमा परि एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
बँदेल मार्न थापेको बिद्युतीय पासोमा परेर ठाकुरबाबा नगरपालिका वडा नं. ३ का ३२ वर्षीय बालकृष्ण थारु, उनकी २९ वर्षीया श्रीमति सुनिता थारु र बालकृष्णकी ४३ बर्षीया भाउजु बेलमती थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

चौधरीका छिमेकी ८३ वर्षीय राजबहादुर शाहीले बँदेल मार्नका लागि थापेको बिद्युतीय पासोमा परि करेन्ट लागेर शुक्रबार राति करिब १० बजेतिर उनीहरु तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रमुख प्रहरी निरीक्षक कविराज रोकायाले बताए ।

एक जनालाई करेन्ट लागेपछि बचाउन खोज्दा थप दूई जनाको पनि त्यसैमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ । बँदेल मार्न खेतमा बिद्युतिय पासो थाप्ने शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७८ असोज २ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *