२०८१ असोज २९ गते मङ्गलवार

बाँकेमा मान्छेको ज्यान लिने दूइ बाघ सोमबारपनि गाभर क्षेत्रमै

निगरानी गर्न हात्ती परिचालन


दाङ, भदौ २८ । बाँके राष्ट्रिय निकुञ्ज भित्र मान्छेको ज्यान लिने दूई बाघहरु सोमबार दिनभरपनि गाभर क्षेत्रको वनमै रहेका छन् ।
ती बाघले पूर्व पश्चिम राजमार्ग अन्तरगत राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभरस्थित एक होटेलमा काम गरि बस्दै आएका एक भारतीय नागरिकको ज्यान लिएका थिए ।

आइतबार बेलुका राजमार्ग क्षेत्रबाट उनलाई झम्टिए लगि बाघले ती ब्यक्तिलाई खाएको अवस्थामा खुट्टाहरु मात्रै सोमबार बिहान जंगलमा फेला परेका थिए । ती ब्यक्तिको यो खवर तयार पार्दासम्म पहिचान खुलेको छैन । तर, सोमबारपनि ती दूई बाघहरु स्थानीय भट्टे खोला किनारमै ढुक्कले बसिरहेको हुँदा निगरानीका लागि दूईवटा घर पालुवा हात्ती झिकाइएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले जानकारी दिए ।

हात्ती भएको ठाउँमा अक्सर बाघ नआउने तथा हात्तीदेखि बाघ सकभर टाढै भाग्छ भन्ने मान्नेता अनुसार हात्तीबाट ती बाघको निरन्तर निगरानी गर्न लागिएको शाहले बताए ।

हात्तीको सहयोगमा ती बाघलाई निकुञ्ज क्षेत्रको अलि घना जंगल क्षेत्रमा डो¥याउन प्रयास हुने शाहले बताए । यदी त्यो प्रयास संभव नभएमा र ती बाघहरु फेरि पनि राजमार्ग क्षेत्रमा केन्द्रित हुन थालेमा डार्ट गरेर समात्न प्रयास समेत हुने शाहले बताए । त्यही उदेश्यका साथ बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राबिधिक टोली झिकाइएको छ । मान्छेको ज्यानलिने बाघहरु भरखरै माउबाट छुट्टीएर स्वतन्त्र रुपमा शिकार गर्दै हिडेका बाघहरु रहेको पनि शाहले बताए ।

यसैबीच बाँके राष्ट्रिय निकुञ्ज अन्तरगत पूर्वपश्चिम राजमार्गमा रात्रिकालिन समयमा साना सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको छ । अब अर्कौ सूचना जारी नहुँदासम्म बेलुका सुर्य अस्तदेखि बिहान सूर्य नउदाउँदा सम्म खुल्ला सवारी साधनहरु टेम्पो, मोटरसाईकल, साईकलबाट यात्रा गर्न नपाइने भएको छ ।

दिउँसोमा साना गाडी सञ्चालन गर्दा ठूला गाडीको बीचमा हुने गरि र समुहमा मात्रै सञ्चालन गर्न निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेनाको तीन वटै यूनिटलाई आग्रह गरि सकेको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए ।

बाघको आक्रमणबाट ज्यान गुमाएका ती भारतीय नागरिकको नाम र ठेगाना अझैं खुल्न नसकेको जानकारी एसपी अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *