२०८२ कार्तिक २१ गते शुक्रवार

बाँकेको गाभरमा राजमार्गबाटै बाघले झम्टिएर मानिस मा¥यो

फाइल तस्विर

दाङ, भदौ २७ । बाँकेमा बाघले एक जना मानिसलाई राजमार्ग क्षेत्रबाटै झम्टिएर लगि मारेको छ ।

राप्ती सोनारी गाउँपालिका वडा नं.१ कुसुमको गाभरस्थित राजमार्ग क्षेत्रबाट आइतबार बेलुकी एकजना भारतीय मानिसलाई पाटे बाघले झन्टिएर जंगलमा लगि मारेर खाएको छ ।

गाभरस्थित भेरी राप्ती स्टाफ होटलमा काम गर्ने अन्दाजी ४५ वर्षका इन्डियन नागरिकको शव सोमबार बिहान राजमार्गदेखि करिब ५ सय मिटर उत्तर जंगल क्षेत्रमा बाघले खाएको अवस्थामा खुट्टाहरु फेला परेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले जानकारी दिए ।

आइतबार बेलुकीदेखि हराईरहेका उनको खोजी गर्दा सोमबार बिहान आधा शरिर खाएको अवस्था शव भेटिएको बाँकेका प्रहरी प्रमुख एसपी श्याम अधिकारीले बताए ।

एसपी अधिकारीले बाघले खाएका ती ब्यक्तिको मानसिक सन्तुलन ठिक नरहेको भनेर गाभरका स्थानीयले जानकारी दिएको बताए ।

गाभरकी स्थानीय चन्दा लामाले केही समयदेखि होटलमा मजदुरी गर्दै आएका ती ब्यक्ति बेलुकी पख होटेलको काम सकेर संधै एक्लै राजमार्ग क्षेत्रमा गइ बस्ने गरेको जानकारी दिइन ।

मधेशी समुदायका ती ब्यक्तिलाई स्थानीय सबैले ‘भैया’ भनेर बोलाउने गरेको उनले बताइन ।

‘होटलमा काम सकेपछि बेलुकीपख भैया सधैं गाउँ नजिकै रहेको राजमार्गको पुलमा गएर बस्थ्ये र केही बेर त्यहाँ बसेर फर्किन्थ्ये,’ लामाले भनिन् ‘ तर, उनलाई आइतबार बेलुका भने बाघले झम्टेर लगेर खाएछ ।’

लमाले आइतबार दिनभर गाउँ नजिकै आएर बाघ कराएको र दुई दिनअघि मात्र गाउँमै पसेर बाघले दुई वटा बाख्रा र बाच्छो मारिदिएको बताइन ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले पनि केही दिनदेखि गाघर क्षेत्रमा पाटे बाघको जोडी देखिन थालेपछि आँफुहरुले क्यामेरा जडान गरि निरन्तर गस्ति गर्दैै आएको बताए ।

त्यस्तै स्थानीयलाई घाँस दाउराका लागि जंगल नपस्न सचेत तुल्याइएको, साना सवारीलाई रात्रिकालिन यात्रा गर्न दूई दिन अगाडिदेखि रोक लगाइएको शाहले बताए ।

राजमार्ग क्षेत्रवाटै बाघले मान्छेलाई झम्टिएर जंगलमा पु¥याई मारेर खाएको घटना सार्वजनिक भएपछि स्थानीय सर्वसाधारण त्रसिद बनेका छन् ।

 

 

 

प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *