
तस्बिर – बालकृष्ण शर्माको फेसबुकबाट
तुलसीपुर, भदौ २५ । तुलसीपुरमा बौलाहा कुकुरको आतंका सृजना भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. २ र ८ मा बिहीबार मात्रै बौलाह कुकुरको टोकाईबाट दर्जन बढी सर्वसाधारण नागरिक र पुशचौपाया घाइते भएका छन् ।
स्थानीय बालकृष्ण शर्माले आफ्नी आमालाई बहुला कुकुरले टोकेर घाइते बनाएको जानकारी दिएका छन् । उनले आमालाई टोक्ने कुकुरलाई मारेको पनि बताएका छन् । सामाजिक सञ्जाल मार्फत उनले त्यस्तो जानकारी दिएका हुन ।
यसैबीच तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेले कुकुरलाई छाडा नछोड्न नगरबासीलाई आग्रह गरेका छन् ।
बौलाह कुकुरको टोकाईबाट तुलसीपुर २ र ८ मा बिहीबार दर्जन बढी नागरिक र पशुचौपाया घाइते भएपछि मेयर पाण्डेले नगरबासीलाई त्यस्तो आग्रह गरेका हुन ।
बौलाहकुकुरको संख्या बढ्दै गएको र छाडा छोडिएका कुकुर समेत रेबिजबाट संक्रमित हुने भन्दै सुरक्षाका लागि घरमा पालिएका कुकुरलाई छाडा नछोड्न मेयरले आग्रह गरेका छन् ।
कहि कतै कुकुरले टोकेमा सम्बन्धित वडामा सम्पर्क गर्न र बौलाह कुकुर देखिएमा त्यसलाई नियन्त्रणमा लिएर व्यवस्था गर्न वडाबासी, सुरक्षाकर्मी सबैमा मेयरले अपिल समेत गरेका छन् ।