२०८२ कार्तिक २२ गते शनिवार

दैलेखमा ग्यास र पेट्रोल रहेको पुष्टि

काठमाडौं, भदौ २५ । दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि भएको छ। पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो ।

नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार दैलेखमा सर्भे भएको थियो ।

चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा दैलेखमा ग्यास र पेट्रोल भएको स्पष्ट पारेको छ ।
भूगर्भ विभागका भूगर्भविद् डा. सुधीर रजौरेले उत्खननका लागि थप प्रक्रिया अघि बढाइएको तथा कुन भूभागमा कति परिमाणमा पेट्रोलियम पदार्थ वा ग्यास छ भनेर अन्तिम सर्भे गरिने जानकारी दिए ।

दैलेखका विभिन्न ठाउँमा २०७६ असोजदेखि अन्वेषणको काम शुरु भएको थियो। विभागले श्रीस्थान, पादुका, कोटिला, दैलेख बजार तथा कर्णाली राजमार्ग आसपासका क्षेत्रमा ड्रिलिङ मार्फत अन्वेषणको काम गरेको थियो ।

तर, कोरोना भाइरस सङ्क्रमणको कारण देखाउँदै विज्ञ तथा प्राविधिकको टोलीलाई चीन सरकारले नेपाल आउन अनुमति नदिएको हुँदा विज्ञ टोली चीनको प्राकृतिक स्रोत मन्त्रालयको अनुमति कुरेर बसेको भूगर्भबिद डा. रजौरेले बताए ।
दुवै देशका सरकारबीच जीटुजी सम्झौताअनुसार काम शुरु भएको र त्यस कामले निरन्तरता पाउने विभागले डा. रजौरेले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ भाद्र २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *