२०८२ कार्तिक २२ गते शनिवार

बाढीले रोल्पामा लघु जलबिद्युतको नहर बगायो

दाङ, भदौ २१ । रोल्पामा अबिरल बर्षापछिको बाढीका कारण एउटा जलबिद्युत आयोजनाको बिद्युत उत्पादन तथा बितरणको काम बन्द भएको छ ।

जिल्लाको सुनछहरी गाउँपालिका वडा नं. ७ जेलबाङस्थित नौंबाङ खोलाको लघु जलबिद्युत आयोजना बन्द भएको छ ।
गएराति लघु जलबिद्युत आयोजनाको ५० मिटर नहर बाढीले पुरेपछि बिद्युत उत्पादन तथा बितरण कार्य बन्द हुन पुगेको हो ।

जिल्ला प्रहरी प्रमुख डिएसपी नरेशराज सुबेदीले बाढीले जल बिद्युतको ५० मिटर नहर पुरै पुरेको हुँदा बिद्युत उत्पादन र वितरण बन्द हुन पुगेको बताए ।

त्यस्तै गएराति नै अबिरल बर्षापछि झरेको पहिरोले स्थानीय भागिराम रोकाको गोठसहित तीन वटा गोरु बगाएको डिएसपी सुबेदीले बताए ।

पहिरोले बगाएको गोठ र तीन वटा गोरु सोमबार बिहानसम्म पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *