तुलसीपुर,भदौ २९ । दाङमा कोरोनाबाट निको हुने बिरामीको सङ्या क्रमश घट्दै गएको छ ।
पछिल्ला केही दिन देखि कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या बढ्दै गएको हो ।
जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङका अनुसार आइतवार ११ जना संक्रमित निको भएका छन भने ३ जना कोरोना संक्रमित थपिएका छन ।
जसअनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १५ जनाको पिसिआर परिक्षण गर्दा दुई पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको हो ।
आइतवार कोरोना पुष्टि हुनेमा घोराही, तुलसीपुर र बबईका १÷१ जना रहेका छन ।
त्यस्तै आइतवार निको हुनेमा घोराहीका ५ जना, तुलसीपुर, लमही र राप्तीका २÷२ जना रहेका छन् ।
हाल जिल्लामा ६३ जना सक्रिय कोरोना संक्रमित छन । ति मध्ये घरमा ५४ जना, अक्सिजन सहितको उपचारमा ३ जना र ७ जना आईसियूमा रहेको आपतकालिन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार हालसम्म जिल्लामा २ सय १२ जनाको मृत्युभइसकेको छ ।