दाङ,भदौ २० । दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गएराती पौने १२ बजे लमही ५ रातोडाँडा स्थित भित्री सडक खण्डमा लमहीबाट लमही ७ हंसनापुर तर्फ जाँदै गरेको रा ४ प ७८५९ नम्बरको मोटरसाइकल अनियन्त्रीत भैइ पल्टिदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।
दुर्घटनामा परी लमही नगरपालिका ७ हंसनापुर निवासी मोटरसाइकल चालक ४६ बर्षिय शिबु गिरीको मृत्यु भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारका क्रममा आज बिहान साढे १ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथै उनको शवलाई सोही अस्पतालमा राखिएको प्रहरीले बताएको छ । भने मोटरसाइकललाई नियन्त्रणमा लिइ घटनाको विषयमा थप अनुसन्धान भैइरहेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति : २०७८ भाद्र २० गते आइतवार