२०८१ चैत्र ६ गते बुधवार

संस्कृति संरक्षणमा मिडीयाको भूमीका महत्वपुर्ण ः अध्यक्ष पोख्रेल

तुलसीपुर,भदौ २० । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा संस्कृति संरक्षणमा मिडीयाको भूमीका’ विषयक अन्तरक्रिया एवं शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।

नेपाल पत्रकार महासंघ दाङ महिला विभागको आयोजनामा शनिबार घोराहीमा उक्त कायृक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल पत्रकार महासघंका केन्द्रिय अध्यक्ष बिपुल पोख्रेलले समाजमा चलिआएका रितिरिवाज तथा संस्कृति संरक्षणका लागि मिडीयाको भुमीका महत्वपूर्ण हुने बताए ।

उनले पछिल्लो समय पुजिंवादी संस्कृति भित्रिएको भन्दै आफुभित्रको दायित्व भुल्न नहुने तर्क गरे ।

उनले मिडियाको माध्यमबाट समाजलाई सकारात्मक दिशातिर लैजाने विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

अध्यक्ष पोख्रेले तिज पर्वलाई सम्मानित ढङ्गले मनाउनुपर्ने भन्दै आधुनिकताको बहानामा बिकृति फैलाउने भन्दा पनि सस्कृति संक्षणमा लाग्नु पर्ने बताए ।

नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष तथा महिला विभागका संयोजक बसुन्धरा गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिलका सदस्य शरद अधिकारीले पछिल्लो समय तिज गितको नाममा व्यापार बढेको भन्दै त्यस्ता विषयलाई रोक्न मिडीयाले अहम भुमिका खेल्नुपर्ने बताए ।

पर्वको नाममा भए गरेका क्रियाकलापहरुलाई मनन् गर्न आवस्यक छ,उनले भने,समाजमा परम्परागत रुपमा रहेका वैज्ञानीक विषयलाई मिडीया मार्फत संरक्षण गर्न एक हौ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले पर्वका नाममा भएका विभेदका विषयहरुलाई उजागर गर्नुपर्ने बताए ।

यसैगरी सल्लाहकार लक्ष्मी आचार्यले बोलिएका विषयलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न आवस्यक रहेको भन्दै कतिपए तिज पर्वका पुराना क्रियाकलापहरुलाई नयां पुस्ताले स्वकार गरेको हुँदा सकारात्मक पक्षलाई मात्र अंगाल्नुपर्ने बताइन् ।

 

‘संस्कृति संरक्षणमा मिडीयाको भूमीका’ विषय माथि सस्कृतविद् शुष्मा शर्मा (घिमीरे) र किशोरचन्द्र गौतले समिक्षा गर्दै विचार प्रदान ढङ्गले भाषण भन्दा पनि कार्यान्वयनको पाटो बलियो हुनुपर्ने बताए ।

उनीहरुले पर्वका नाममा भएका सकारात्मक पक्षलाई संरक्षण गर्दै नकारात्मक पक्षलाई रोक्नुपर्ने बताएका थिए ।

नेपाल पत्रकार महासंघ दाङका सदस्य एवं महिला विभाग सदस्य यमकला भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासघंका सह–सचिव,विभागका सचिव दिप्तीशिखा चौधरीले गरेकी थिइन् ।

 

प्रकाशित मिति : २०७८ भाद्र २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *