२०८१ चैत्र ९ गते शनिवार

अढैया जातको माछाको टाउको टोके लगतै बेहोस भएका घर्तीको मृत्यु


तुलसीपुर, भदौ १९ । अढैया जातको माछाको टाउको मुखले टोके लगतै बहोस भएका लमहीका एक ब्यक्तिको मृत्यु भएको छ ।
लमही नगरपालिका वडा नं. १ सुनडबरीका ४९ बर्षीय खिमबहादुर घर्तीले शनिबार दिउँसो स्थानीय कुलोमा बल्छी लगाएर तानेको अढैया जातको माछाको टाउको फटफटाउन थाले पछि आफ्नै मुखले टोकेका थिए ।

माछाको टाउको टोके लगत्तै घर्ती बेहोस भएपछि उनलाई उद्धार गरि लमही अस्पतालमा पु¥याएपनि चिकित्कसले उनलाई मृत घोषणा गरेका थिए ।

वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक राजन पौडेलले दिउँसो साढे ३ बजेतिर घर्तीलाई अस्पताल पु¥याउँदा मृत्यु भइसकेको फरककोणलाई बताए ।

घर्ती शनिबार दिउँसो श्रीमतिका साथ स्थानीय कुलोमा बल्छी लगाएर माछा मार्न गएका थिए । उनको बल्छीमा सर्प जस्तै देखिने झन्डै एक हात जति लामो अढैया जातको माछा परेपछि उनले बाहिर तानेका थिए । तर, माछा फटफटाउन थालेपछि घर्तीले माछाको टाउको आफ्नै मुखले टोकेर कच्याककुचुक पारेपछि उनी बेहोस भएको प्रहरी निरिक्षक पौडेलले बताए ।

उनी बेहोस हुनासाथ श्रीमतीले गाउँलेलाई बोलाएर तत्कालै श्रीमानलाई अस्पताल पु¥याएकी थिइन । ‘ अस्पताल ल्याउन झन्डै ४५ मिनेट जति लागेको अनुमान गरिएको छ,’ प्रहरी निरिक्षक पौडेलले भने ‘ त्यस बीचमा घर्तीको मृत्यु भइसकेको थियो ।’

प्रहरी निरिक्षक पौडेलले अनौंठो घटना घटेको भएपनि पोष्ट मार्टम रिपोर्ट नआउँदा सम्म घर्तीको मृत्युको कारण स्पष्ट भन्न नसकिने बताए ।

घर्तीलाई एकाएक हृदय घात भएको पनि हुन सक्ने वा उक्त अढैया जातको सर्पको टाउकोमा बिषपनि भएको हुन सक्ने आशंकाहरु गरिएका छन् ।

प्रकाशित मिति : २०७८ भाद्र १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *