२०८१ चैत्र १३ गते बुधवार

दंगीशरणमा महिला तथा किशोरीहरुलाई आत्मरक्षा तालिम

लक्ष्मण बस्नेत,तुलसीपुर,भदौ १८ । महिला तथा किशोरीहरुलाई आत्मरक्षा एवं लडाई सीप सम्बन्धी तालिम शुक्रबार देखी दंगीशरण गाउँपालिकाको हेकुलीमा सुरु भएको छ ।

सामाजमा वातावरणीय शिक्षाको बिकास (सिड) संस्थाले संचालन गरेको बाल बिबाह तथा लैङ्गिक हिंसा अन्त्य अभियान कार्यक्रमको आयोजना एवं आईएम स्विडिस डेभलपमेन्टको आर्थिक सहयोगमा संचालित तालिम दुई दिन सम्म चल्नेछ ।

किशोरीहरुलाई परि आउँदा प्रतिकार र आत्मरक्षा गर्न सक्ने तथा हिंसाबारे चेतना जगाउने उदेश्यका साथ आयोजना गरिएको तालिममा संवेदनशील अंगमा प्रहार गर्दा आफू कसरी बच्न सकिन्छ,आफ्नो क्षमता आफूले कसरी पहिचान गर्नेरु,हिंसा का किसिमहरु के के हुनरुआत्म अनुशासनमा कसरी बस्ने र परिस्थितिजन्य अबस्थामा आफ्नो बचाउ कसरी गर्न सकिन्छ भन्ने लगाएतका बारेमा प्रशिक्षण दिईनेछ ।

गाउँपालिका स्तरका सबै वडाबाट महिला तथा किशोरी गरी ३० जनाको सहभागिता रहेको तालिमको प्रशिक्षकमा पदम बस्नेत र लक्ष्मण बस्नेत रहेका छन ।

यसैबिच तालिमको उद्घाटन बाल तथा लैङ्गिक हिंसा अन्त्य अभियान कार्यक्रम संयोजक सीता बिष्टको अध्यक्षता तथा दंगीशरण गाउँपालिका वडा न. ७ का अध्यक्ष वीर बहादुर वलीको प्रमुख आतिथ्यमा भएको थियो ।

तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी वलिले आत्मरक्षा कला महिला तथा किशोरीका लागि मात्र नभएर आम नागरिकको रक्षामा महत्त्वपूर्ण भएको बताइन ।
न कुनै हतियार न कुनै रक्तपात केवल आफूसंग भएको सिप र स्रोत साधनको प्रयोगमा आफ्नो सुरक्षा आफै गर्न सक्ने कला आत्मरक्षा कला भएकाले यसको महत्त्व लाई सबैले बुझ्नु पर्ने उनको भनाई थियो ।

सो अबसरमा दङ्गिशरण गाउँपालिका शिक्षा शाखा प्रमुख बिनोद अधिकारी,गाउँपालिका का न्यायीक समिती उजुरी प्रशासक यादव डाँगी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण समाजमा वातावरणीय शिक्षाको बिकास सिड संस्थाकी सामाजिक परिचालक सीता चौधरीले गरेकी थिइन ।

 

 

 

प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *