दाङ,भदौ १८ । सल्यानको कपुरकोटमा यात्रुवाहक बस दुर्घटना हुंदा १५ जना घाइते भएका छन् ।
शुक्रबार दिउंसो पौने २ बजेतिर दाङबाट पश्चिमरुकुम तर्फ जाँदै गरेको रा १ ख १७९२ नम्बरको बस कपुरकोट गाउँपालिका ३ मुलपानी नजिकै अनियन्त्रित भई पल्टीदा १५ जना घाइते भएका हुन ।
घाइते हुनेमा जिल्ला सल्यान कपुरकोट ५ निवासी २३ वर्षिय रेखा साहु, सोही ठाउँ निवासी ३१ वर्षिय सिता बुढाथोकी, दार्मा गाउँपालिका ५ निवासी २० वर्षिय प्रबेश बस्नेत, शारदा नगरपालिका १५ निवासी ४९ वर्षिय तारा प्रसाद नाथ, शारदा नगरपालिका १ निवासी ४० वर्षिय कृष्णा गौतम, कुमाख गाउँपालिका निवासी ७३ वर्षिय हिरे राना, कपुरकोट गाउँपालिका ५ रिम निवासी ४५ वर्षिय धन कुमारी रोका, सोही ठाउँ निवासी २१ वर्षिय याम कुमारी बोहरा रहेका छन ।
त्यस्तै कपुरकोट गाउँपालिका ५ निवासी तिला महतरा, बागचौर नगरपालिका २ निवासी ४५ वर्षिय लाल बहादुर डाँगी, दाङ दंगीशरण गाउँपालिका ५ निवासी २५ वर्षिय निर्मला शर्मा, तुलसीपुर ३ निवासी २८ वर्षिय बिनोद बुढाथोकी, पश्चिमरुकुम मसिकोट नगरपालिका ४ निवासी ७५ वर्षिय मोहन सिंह पुन, पश्चिमरुकुम त्रिबेणी गाउँपालिका २ निवासी २१ वर्षिय जोक बहादुर खड्का र सोही ठाउँ निवासी २२ वर्षिय किरण ओली छन ।
उक्त बस राप्ती यातायात समितीको हो । बसमा २८ जना यात्रु सवार रहेका थिए । प्रहरीका अनुसार घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।
साथै चालक फरार रहेकोले खोजी कार्य जारी रहेको र दुर्घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।