
तुलसीपुर,भदौ १८ । वर्षातका कारण तुलसीपुरमा एक घर भत्किएको छ ।
लगातार परेको वषार्तका कारण बिहिवार राती तुलसीपुर उपमहानगरपालिका वडा नं ७ निवासी खुसीराम चौधरीको कच्ची इट्टाको दुई तले घर पुर्ण रुपमा भत्किएको हो ।
चौधरीका अनुसार घर भत्किदा कुनै मानबिय क्षेती भने भएको छैन । घर भत्किएर पुर्णरुपमा क्षेती ग्रस्त भएको छ ।
पारिवारिक श्रोतका अनुसार घर भत्किदा झण्डै १२ लाख बराबरको क्षती पुगेको छ ।
आर्थिक अवस्था न्युन भएको चौधरी परिवारको वर्षातका कारण घर भत्किएपछि विचल्ली भएको छ ।
यता वडा नं ७ का सदस्य रामबहादुर जिसीले पिडित परिवारलाई २ महिनासम्म भाडामा बसेको रकम सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।
हालको लागि तपाईहरु भाडामा बस्नुस,उनले भने,जे जति खर्च लाग्छ,त्यो मैले सहयोग गर्नेछु ।
साथै पिडित परिवारलाई सहयोग गर्न चाहाने महानुभावले मोवाइल नम्बर ९८४५०१६९९५ मा सम्पर्क गर्न सकिने छ ।
