२०८२ कार्तिक २९ गते शनिवार

आइतबारदेखि दाङ-काठमाडौं दिवा बस संचालन हुने

तुलसीपुर,भदौ १८ । दाङ देखि काठमाडौंका लागि यही भदौ २० गते आइतबारदेखि दिवा बस संचालनमा आउने भएको छ ।

कोरोना महामारीको दोस्रो लहरको संक्रमण पछि आइतबार २० गतेदेखि दिवा सेवा बस संचालन गर्न लागेको तुलसीपुर गाडी व्यवस्थापन समितिका संयोजक प्रकाश भट्टले जानकारी दिए ।

संयोजक भट्टका अनुसार लकडाउन पछि करिब ४ महिना पश्चात दाङ देखि काठमाडौं दिवा सेवा बस संचालनमा आउन थालेको हो । यसअघि दिवा सेवाका बसहरु दैनिक दुई वटा संचालनमा आए पनि हाललाई भने एउटा मात्रै संचालनमा ल्याउन लागेको भट्टले बताए ।

दाङ देखि काठमाडौंका लागि प्रति व्यक्ति भाडा दर १२५० तोकिएकोे छ । एसीसहितको ३९ सिट क्षमताको बस संचालनमा आउने उनले बताए ।

त्यस्तै दाङ–काठमाडौंका लागि दिवा सेवामा छुट्ने बसका लागि यात्रुहरु तुलसीपुर, घोराही, नारायणपुर, लमही, भालुवाङसम्मका यात्रुहरुका लागि सिट क्षमताको व्यवस्थापन गरी एउटा मात्रै बस संचालनमा ल्याउन लागेको संयोजक भट्टले जानकारी दिए ।

गाडी संचालन गर्दा पूर्ण रुपमा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरेर संचालन गर्न लागेको उनको भनाइ छ ।

साथै उनले यात्रुहरुलाई सुरक्षित यात्रा गर्नका लागि आफू स्वयम् सुरक्षित हुनु पर्ने बताउदै स्वास्थ्य सुरक्षा मापदण्डको पाल्न गर्न आग्रह गरेका छन् ।

 

 

प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *