काठमाडौँ,भदौ १८ । नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले नेपाली कांग्रेसको चौधौं महाधिवेशन ‘उत्सव’ का रुपमा आएको बताएका छन्।
उनले अधिवेशनबाट कांग्रेसको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
शुक्रबार एक अपिल जारी गर्दै नेता कोइरालाले महाधिवेशनसँगै कांग्रेसले नयाँ विचार, नयाँ नेतृत्व र नयाँ सांगठनिक ढाँचा निर्माणमा लागेको बताएका छन्। उत्सवको रुपमा आएको चौधौं महाधिवेशनबाट ‘गुट र गिरोह’ समाप्त पार्ने दावी गरेका छन्।
विगतमा पार्टीभित्र गुट र विभाजनको स्थायी चरित्रका रुपमा बसेको संस्कारलाई हटाउन नसकेको बताउँदै यही कारण आम निर्वाचनमा आफूहरु कम्युनिस्ट भन्दा कमजोर भएको उनको भनाइ छ।
महाधिवेशन उत्सवको रुपमा मात्र नभइ आफूहरुलाई जिम्मेवार र विवेकपूर्णरुपमा अन्तरआत्माको आवाज सुन्न पनि घच्घच्याइरहेको उनले बताए। उनले भने,ुमहाधिवेशनसँगै नेपाली कांग्रेसले नयाँ विचार, नयाँ नेतृत्व र नयाँ सांगठनिक ढाँचा निर्माण गर्नुपरेको छ ।
चरणवद्ध रुपमा हुने निर्वाचनहरुमा यस तर्फ साथीहरुले गम्भीरतापूर्वक मनन् गर्नु नै हुनेछ ।ु
विभिन्न कारणले कांग्रेसको महाधिवेशन समयमा सम्पन्न हुन नसकेको बताउँदै नेता कोइरालाले यतिखेर आमनिर्वाचनको तयारीमा जुटिरहेको बताए।
पार्टीमा हुने आन्तरिक लोकतान्त्रिक अभ्यासलाई जित र हार भन्दामाथि राख्न सक्दा महाधिवेशन उदाहरणीय हुनसक्ने उनले बताए।
उनले क्रियाशील सदस्यको संख्यामा व्यापक वृद्धि भएको बताए। पार्टीको संगठनात्मक ढाँचाको विस्तारसँगै आसन्न महाधिवेशन सम्पन्न गर्ने काम पनि चानचुने नभएको उनले बताए।