२०८२ कार्तिक २२ गते शनिवार

रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला

बुटवल,भदौ १८ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक पुरुषको शव फेला परेको छ ।

नगरपालिकाको वडा नं १० स्थित छत्तिस कुलोमा बिहीबार बिहान एक जना पुरुषको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले शवको पहिचान हुन नसकेको बताए । प्रहरीले अन्दाजी ३६ बर्षका पुरुष हुनसक्ने अनुमान गरेको छ ।

हाल शवलाई शवलाई पोष्टमार्टनका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *