२०८१ चैत्र ४ गते सोमवार

करेन्ट लागेर तुलसीपुरको पढ्ढामा एक जनाको मृत्यु

तुलसीपुर ,भदौ १८ । करेन्ट लागेर तुलसीपुरमा एक जनाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १० पढ्ढा निवासी ५२ बर्षीय सुरेश डाँगीको शुक्रबार बिहान करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार शुक्रबार बिहान ६ : ४० बजेको समयमा घर भित्रै कोठामा नाङ्गो तार प्लगमा घुसाउने क्रममा करेन्ट लागेर डाँगी गम्भीर अवस्थामा अस्पताल ल्याइएका थिए ।

गम्भीर अवस्थाका डाँगीको उपचारका क्रममा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा बिहान ७ : ४० बजे मृत्यु भएको डिएसपी अर्यालले बताए ।

शब पोष्ट मार्टमको लागि अस्पतालमा राखिएको डिएसपी अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *